News समाज

चितुवाले बालिका लग्यो

चितुवाले बालिका लग्यो

Chituwa भदौ १९ । बैतडीको तल्लोस्वराडकी एक बालिका लागि चितुवाले लगेको छ । शनिबार बेलुका चार वर्षीया बालिकालाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको छ ।

उदयदेव–२ कफाडीका हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । आँगनमा खेल्दै गरेकी बलिकालाई आक्रमण गरी चितुवाले लगेको हो ।

घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ । तल्लोस्वराडमा चितुवाको आक्रमणवाट पाँच वर्षयता २१ जनाको ज्यान गइसकेको छ ।

Chituwal

विशेष