ताजा खबर विदेश

बंगलादेशमा उद्योगपतिलाई फाँसी

बंगलादेशमा उद्योगपतिलाई फाँसी

Bangaladesh

भदौ १९ । बंगलादेश सरकारले देशको सबै भन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीका नेता मिर कासिम अलीलाई फाँसी दिएको छ । अली बंगलादेशका ठूला उद्योगपति मध्ये एक हुन् । अलीलाई सन् १९७१ मा युद्ध अपराधमा संलग्न भएको आरोपमा दोषी पाइएपछि फाँसी दिइएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । युद्ध अपराधको मुद्दामा दोषी पाइएपछि फाँसी दिइएका अली बंगलादेशका छैठौं ठूलो नेता हुन् ।

अहिलेको सरकारले गठन गरेको एक विशेष अपराध अदालतले अलीलाई ४५ वर्ष अघि स्वतन्त्रताको लडाईंका बेला युद्ध अपराधमा दोषी ठहर गरेको हो । अलीको नेतृत्वमा जिचगाउँमा पाकिस्तानी सेनाले सर्वसाधारण नागरिकको हत्या गरेको अदालतको भनाई छ ।

सन् १९७१ मा पाकिस्तानको पूर्वी भाग अलग भएर बंगालादेश बनेको हो । विपक्षी दलले भने सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना विरोधीलाई फाँसी दिएको आरोप लगाएका छन् ।

Bangaladesh

विशेष