ताजा खबर News समाज

रुट परमटि बिनै गाडी सञ्चालन

रुट परमटि बिनै गाडी सञ्चालन

Bus 1 भदौ १९ । बैतडीका सबै कच्ची सडकमा रुट परमिटबिना नै सवारीसाधन सञ्चालनमा रहेको पाइएको छ । विशेष गरेर ती सडकमा साना सवारीसाधन जिप सञ्चालनमा रहेका हुन् ।

जिल्लाका देहीमाडौँ–गिरेगडा, पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, ढोल्यामोड–हाट, श्रीभावर–कुवाकोट, विप्यकटाल–ढुङ्गाड, सिल्लेगडा–कटौजपानी सडकमा बिनारुट परमिट सवारीसाधन सञ्चालनमा रहेका हुन् । रुट परमिटबिना सडकमा सवारीसाधन सञ्चालनमा रहेकाले ती सडकमा अस्थायी रुट परमिट दिने तयारी थालेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कच्ची सडकमा सवारीसाधन सञ्चालनमा आएकाले त्यसलाई एक्कासि रोक्दा नागरिकलाई सास्ती हुने भएकाले अस्थायी रुट परमिट दिनका लागि तयारी थालिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए । प्रजिअ अध्यक्ष रहेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बोलाएर यो विषयमा चाँडै निर्णय लिइने उनले बताए ।

रुट परमिटका लागि यातायात व्यवस्था विभागमा अनुरोध गरिएको भए पनि बैतडीका कच्ची सडकले रुट परमिट प्राप्त गरेका छैनन् । जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बोलाएर प्राविधिक समितिको अध्ययनपश्चात् अस्थायी रुट परमिट प्रदान गरिने प्रजिअ चौधरीले जानकारी दिए ।

Bus

विशेष