News समाज

जब देउवा जंगिए त्यसपछि आइलाग्यो आपत्

जब देउवा जंगिए त्यसपछि आइलाग्यो आपत्

sher bahadur deuba 4

भदौ १९ । स्थानीय विकास अधिकारी एवं स्थानीय प्राविधिक समितिका संयोजक पुरुषोत्तम ढकालले चारवटा स्थानीय एकाई हुने गरी पुनः संरचनामा कुरा मिलेको भन्दै आयोगलाई रिपोर्टिङ गरे । आयोगका पदाधिकारी पनि खुसी भए । किनभने आयोगका काममा असन्तुष्टि जनाइरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा सर्वसम्मतिले आयोगद्वारा प्रस्तावित संरचना स्विकृत भएको खवर सुनाउन पाउने भएका थिए ।

तर, उनीहरु यतिखेर हिस्स परे, जब देउवा आफ्नो जिल्लाका चारवटा इकाई समिति हुन लागेको थाहा पाएर जंगिए । दलहरुको बैठकमै देउवाले भनेका थिए । मलाई नै थाहा छैन । तपाईहरुले कसरी पुनः संरचना गर्नुभयो । त्यसपछि आयोेगका पदाधिकारीहरुलाई आपत पर्यो । उनीहरुले हत्तपत एलडिओ ढकालसँग सम्पर्क गरी यथार्थ बुझ्ने प्रयास गरे ।

ढकालले देउवालाई पटक पटक फोन सम्पर्क गरे खोजे तर सम्पर्क हुन सकेन । तालुक निकय संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरुले पछी पत्तो लगाए । ढकलले सरुवा भएर छिटो जिल्ला छाड्न चाहेका कारण हतारहतार काम सकिएको प्रतिवेदन पुनः संरचना आयोगलाई दिइको बताए । तर स्थानीय निकायको काम नसकिए सम्म एलडिओले जिल्ला छाड्न नपाउने परिपत्र मन्त्रालयले गरेको थियो । नेपालबाट

Sher Bahadur Deuba

विशेष