विदेश News

आफ्नै दुध चुसाएर सुँगुरको बच्चा हुर्काउँदै लिन्डा (भिडियोसहित)

आफ्नै दुध चुसाएर सुँगुरको बच्चा हुर्काउँदै लिन्डा (भिडियोसहित)

Linda

भदौ १९ । कुकुर मानिसको राम्रो साथी हुन सक्छ, तर कुकुर सुँगुरको पनि राम्रो साथी अझ सुँगुरका बच्चाको आमा बन्न सक्छ भन्ने कुरा अलि कठिन जस्तै लाग्छ । तर क्युवाको एक शहरमा भर्खरै ब्याएको कुकुरले आमा मरेका सुँगुरको बच्चालाई पनि आफ्नै बच्चा सरह दूध चुसाएर हुर्काइ रहेको छ ।

क्युवाको प्लाय लार्गा बजारमा कुकुरले आमा मरेका सुँगुरका बच्चालाई दूध चुसाउने गरेको छ । लिन्डा नाम गरेको कुकुरले सुँगुरका बच्चालाई दूध चुसाउने गरेको हो । कुकुर तथा सुँगुरको बच्चाका मालिक इग्नासिको स्टेवेजले सुँगुरका बच्चालाई भर्खरै ब्याएको कुकुर लिन्डाको दूध चुसाउन लगेका हुन् । पहिलो दिन केही असहज मानेपनि अहिले लिन्डाले सुँगुरका बच्चालाई पनि आफ्ना बच्चा जस्तै गरेर दूध चुसाउने गरेको उनले बताए । लिन्डाका आफ्ना ६ वटा बच्चा छन् । एक हप्ता भित्रमा लिन्डाले सुँगुरका बच्चालाई दूध चुसाउन आफै खोज्ने भएको स्टेवेजले बताए । बच्चा जन्माएर आमा मरेको थाहापाएपछि आफ्नो घरमा रहेको कुकुरबाट दूध चुसाएर पाल्ने भनेर आफूले सुँगुरका बच्चा ल्याएको उनले बताए ।

लिन्डा र उसले दूध चुसाएर हुर्काउँदै गरेका सुँगुरका बच्चा अहिले निकै चर्चित भएका छन् । लिन्डाले आफ्ना बच्चा र सुँगुरका बच्चालाई दूध चुसाउने समय मिलाउने गरेको स्टेवेजले बताए ।

dog

विशेष