महिला कैदीबन्दीलाई टेलिभिजन वितरण
भदाै - १९ । समाजसेवी उज्वलविक्रम थापाले जिल्ला कारागारमा रहेका महिला कैदीबन्दी सूचनाबाट वञ्चित भएकाले एक थान टेलिभिजन प्रदान गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका थापाले कैदीबन्दीलाई न्यूनतम मानवाधिकारबाट वञ्चित गराउन नमिल्ने बताए ।
यसैबीच थापाले तीजका उपलक्ष्यमा महिला कैदीबन्दीलाई साडी, पछ्यौरा र तौलिया एक-एक थान वितरण गरे ।
जिल्ला कारागारमा महिला कैदीबन्दी राख्न भौतिक संरचना नहुँदा नहुँदै पनि गोदाम कोठामा आठ महिला कैदीबन्दी बस्दै आइरहेका छन् । उनीहरुका लागि भौतिक संरचना नभएकाले गोदामका लागि निर्माण भएको कोठामा राखिएकाले कुनै पनि सेवा सुविधा पाउन नसकेको कारागार प्रमुख मातृकाप्रसाद पहाडीले बताएका हुन् ।
mahla kaidi
telivision bitaran