ताजा खबर विदेश News

अफगानिस्तानमा बस र ट्यांकर ठोकिदा ३४ जनाको मृत्यु

अफगानिस्तानमा बस र ट्यांकर ठोकिदा ३४ जनाको मृत्यु

Bus भदौ १९ । अफगानिस्तानको जाबुल प्रान्तमा आइतबार बिहान बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३४ जनाको मृत्यु भएको छ । दुर्घटना अन्य २१ जना घाइते भएका छन् ।

दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको जाबुल प्रान्तका प्रशासक बिस्मिल्लाह अफगानमलले जानकारी दिएका छन् । बस कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रु बस इन्धन ट्यांकरसँग ठोक्किएका थिए ।

जाबुलका प्रहरी उपप्रमुख गुलाम जिलानी फराहीका अनुसार घाइतेहरुलाई प्रान्तीय केन्द्र कलात र छिमेकी कान्दाहार प्रान्तका अस्पतालमा उपचारका लागि लगिएको छ ।

bus accident in Afaganistan

विशेष