पाकिस्तानका सेनापतिको चेतावनीपछि भारतमा हलचल
भदौ १९ । पाकिस्तानका सेना प्रमुख जनरल राहिल शरीफले आफ्नो दुश्मन मुुलुकको ‘नाजायज चाहना’बाट पाकिस्तान जानकार रहेको बताएका छन् । दुश्मन मुलुकको षडयन्त्रविपरीत आफ्नो मुलुकको रक्षा गर्न पाकिस्तान सक्षम रहेको उनले बताएका छन् ।
गिलगिट बाल्तिस्थानमा आयोजित एक कार्यक्रममा जनरल शरीफले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय गुप्तचर संस्था ‘र’ को नामै लिएर भने कि पाकिस्तानले आफ्नो शत्रु चिनेको छ र यो शत्रुको उद्देश्य के हो भन्ने पनि राम्रो थाहा छ ।
पाकिस्तान प्रशासित कश्मीरमा ४६ अर्ब डलर लागतमा निर्माण भएको चीन–पाकिस्तान इकनोमिक करिडोरको प्रगतिका विषयमा चर्चा गर्न आयोजिक कार्यक्रमका जनरल शरीफले भारतमा तरंग ल्याउने अभिव्यक्ति दिएका हुन् । शरीफको अभिव्यक्तिले भारतमा हलचल भएको छ ।