पाकिस्तानका सेनापतिको अपमान गर्ने भारतीय पत्रिका कठघरामा
भदौ १९ । पाकिस्तानका सेना प्रमुख जनरल राहील शरीफको अपमानजनक तस्बिर प्रकाशित गर्ने भारतीय पत्रिका इन्डिया टुडेले न्यायिक कठघरामा उभिनुपने भएको छ । सो पत्रिकाबिरुद्ध लाहौरको एक उच्च अदालतमा मुद्धा दर्ता भएको छ । अधिवक्ता अब्लुल हमिनले मुद्धा दता गरेका हुन् । भारत सरकारको तर्फबाट इन्डिया टुडेले पाकिस्तान र पाकिस्तानी सेनापतिविरुद्ध बद्नाम गर्न खोजेको आरोप लगाइएको छ ।