News

लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्रधानमन्त्री प्रचण्डकाे अाँखा पर्‍यो

लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्रधानमन्त्री प्रचण्डकाे अाँखा पर्‍यो

भदाै - १९ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अाइतबार भेटी विश्वविद्यालयका समस्याका बारेमा जानकारी गराएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान वज्राचार्यको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले विश्वविद्यालयको ऐनमा जनस्तरबाट विश्वविद्यालय सञ्चालन गर्ने भनिएकाेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नकारात्मक असर र भ्रम सिर्जना भएकाले त्यसलाई संशोधन गरी सरकारलाई विश्वविद्यालयको स्वामित्व ग्रहण गर्न माग गर्‍यो ।

रजिस्ट्रार तिलकराम आचार्यले विश्वविद्यालयले अहिलेसम्म गरेका विभिन्न गतिविधि तथा प्रगतिका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएका  हुन् । प्रधानमन्त्री दाहालले विश्वविद्यालयलाई राम्रोसँग सञ्चालन गर्न सरकारले आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी उपकुलपति वज्राचार्यले जानकारी दिए ।

lumbini biswo baudha bidhyalaya pm puspa kamal dahal prachanda

विशेष