News

ताेकिएकै समयमा निर्वाचन गर्ने कानुन मन्त्रीकाे दाबी

ताेकिएकै समयमा निर्वाचन गर्ने कानुन मन्त्रीकाे दाबी
ajaya shankar nayak भदाै  - १९ । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले सरकारले तोकिएकै समयमा तीन वटै तहको निर्वाचन गर्ने तयारी गरेको बताएका छन् । रफत सञ्चार क्लबले अाइतबार आयोजना गरेको साक्षात्कारमा उनले २०७४ माघभित्र तीन वटै तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने भएकाले निर्वाचन गर्न सरकार तयार रहेकाे बताएका हुन् । स्थानीय तहको निर्वाचन अतिआवश्यकता रहेको र यसमा कसैको अवरोध नभएको जनाउँदै मन्त्री नायकले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन गर्ने र त्यसलगत्तै अन्य दुई निर्वाचन गर्न सकिने बताउनुभयो । निर्वाचनका लागि राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्ने उनको भनाइ थियो । मधेसका माग केही व्यक्तिको मात्र नभएर पूरा मधेसको भएको जिकिर गर्दै मन्त्री नायकले नयाँ सत्ताको गठबन्धन अगावै मधेसी मोर्चासँग गरिएको तीनबुँदे सहमतिको कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । संविधान संशोधन गरी मधेसको माग सम्बोधन भएसँगै निर्वाचनको वातावरण बन्ने हुने उनको भनाइ थियो । उनले नेपालका न्यायालय भ्रष्टाचार र अनियमितताबाट अछुतो नरहेको बताउँदै न्यायालयमा भइरहेको अनियमिता र भ्रष्टाचार नियन्त्रण गर्न आफू लागिपरेको जानकारी दिए ।

ajaya shankar nayak kanun mantri

विशेष