
भदाै - १९ । ग्याबोनमा राष्ट्रपति पदको निर्वाचनमा वर्तमान राष्ट्रपति अली बोङ्गोले पुनः निर्वाचनको कडा प्रयास गर्दा हिंसा फैलिएको छ । अर्कोतिर नागरिक समाजको सतर्कता र मोबाइल प्रविधिको विस्तारका कारण अफ्रिकाका निर्वाचनमा धाँधली कठिन हुँदै गएको विशेषज्ञहरूले बताएका छन् ।
अगस्त २७ मा भएको निर्वाचनमा ६,००० मतबाट आफू बिजयी भएको दाबी राष्ट्रपति बोङ्गोले गरेपछि प्रतिपक्षी नेता जँ पिङले शुक्रबार आफू ग्याबोनको अधिकारप्राप्त राष्ट्रपति भएको घोषणा गरे र पुनः मतगणना गर्न आग्रह गरेका छन् ।
हालै नाइजेरिया, आइभरी कोस्ट, बेनिन, बुर्किना फासोमा सामान्यतया ठूलो विवाद नभइकन निर्वाचन भएका छन् । ती मुलुकमा नागरिकले सुपरिवेक्षण गरेका र उनीहरूले सावधानीपूर्वक अनुगमन गर्ने आश्वासन दिएका पश्चिम अफ्रिकाका लागि खुला समाजको प्रयास (वपन सोसाइटी इनिसिएटिभ फर वेस्ट अफ्रिका) का राजनीतिक सुशासन कार्यक्रम व्यवस्थापक म्याथियास हुन्कपेले बताएका छन् । यस संस्थाले सरकारमा पारदर्शीपनाका लागि प्रवर्धन कार्य गर्छ ।
‘‘धाधली गर्ने काम झनझनै कठिन बन्दै गएको छ’’, उनले भने ।
निर्वाचनका लागि मतपत्रमा धाँधली हुन नदिन स्पष्ट कानुनी संरचना, कानुनलाई सम्मान गर्ने निर्वाचन निकाय, निर्वाचन अनुगमन गर्ने स्वतन्त्र संस्थाको रूपमा अन्तर्राष्ट्रिय निकाय तथा स्वतन्त्र प्रेस तथा सक्रिय सामाजिक आमसञ्चार प्रयोगकर्ताले निष्पक्ष निर्वाचनको प्रत्याभूति दिने हुन्कपेले बताएका छन् ।
अफ्रिकी अधिकारकर्मी संस्था राधोका महासचिव अबुबाक्री एमबोद्जीले सेनेगल, घाना तथा आन्ध्रमहासागरीय द्वीप केप भर्ड जस्ता पश्चिमी तथा मध्यअफ्रिकी मलुकले सफल प्रजातन्त्रमा कसरी निर्वाचन हुन्छ भन्ने देखाएको बताए ।
राधो क्रियाशील मुलुक सेनेगलमा समाजवादी सरकारले ४० वर्षसम्म शासन गरे पनि सन् २००० मा नरमपन्थी उम्मेदवार अब्दुलय वेडले माथिल्लो तहमै परिवर्तन गरिदिए र उनले राष्ट्रपति पदमा दुई पटक विजय हासिल गरे ।
उनले तेस्रोपटक पनि सत्तामा रहन प्रयास गर्दा सन् २०१२ मा मतदाता रिसाएर उनलाई पदमुक्त गरे । यसबाट मतदातामा पाकोपना रहेको देखिएको एमबोद्जीकाे दाबी रहेकाे छ ।
सेनेगलमा ‘‘वाई एन अ मारे’’ बुर्किना फासोमा ‘‘बलाइ सिटोयन’’, तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ‘‘लट पुर ल चेन्जमन्ट’’ जस्ता संस्थाले गत १५ वर्षसम्म सरकारलाई पारदर्शी हुन कडा दबाब दिएका छन् ।
उनले हाल निर्वाचनको प्रक्रियालाई आफू अनुकूल बनाउन शक्तिशाली व्यक्ति पनि कमजोर बन्दै गएको उल्लेख गरेका छन् । -एएफपी
ali bongo
gyabong presidence