News

अागलागीबाट १ काे मृत्यु

अागलागीबाट १ काे मृत्यु

भदाै - १९ । जाजरकाेट जिल्ला सदरमुकामको शान्ति चौतारामा अाइतबार एक होटलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

होटल सङ्गीतामा आगलागी हुँदा मृत्यु हुनेमा नायकवाडा–२ की १९ वर्षीया सङ्गीता खत्री बोहरा रहेको निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले जानकारी दिएका छन् । घटनामा चार घाइते भएका छन् । घाइतेको उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । आगलागी कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।

ago lagyo Jajarkot

विशेष