विदेश

टर्कीले सिरीयामा थप सैन्य ट्याङ्क पठायो

टर्कीले सिरीयामा थप सैन्य ट्याङ्क पठायो
tank भदौ – १९ । टर्कीले किलिस सहरबाट उत्तरी सिरीयाको सीमा क्षेत्रमा थप २० वटा सैन्य ट्याङ्क पठाएको छ । इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही जारी राखेर टर्कीले उत्तरी सिरियामा ट्याङ्क पठाएको हो । टर्कीका संचारमाध्यमले भने ट्याङ्कले आइएसको प्रभाव क्षेत्रमा बमबारी गरेको दाबी गरेका छन् । सेनाले आक्रमण गरी आइएसले कब्जामा लिएका आठ वटा गाउँ आफ्नो नियन्त्रणमा लिएको र सीमा क्षेत्रबाट आइएस लडाकु पछि हट्ने टर्कीको अपेक्षा छ । टर्कीले आइएससँगै कुर्द समूह माथि पनि आक्रमण गरेको छ । कुर्द लडाकु समूह आइएस विरुद्धको कारबाहीमा सहयोगी रहेको भन्दै अमेरिकाले टर्कीको आक्रमणमा निन्दा गरेको छ । टर्कीले भने कुर्द लडाकुको टर्कीमा प्रतिवन्धित कुर्दिस वर्कर्स पार्टी पीकेकेसँग सम्बन्ध रहेकाले आक्रमण गरेको बताएको छ । टर्कीमा कुर्दीस लडाकु र सेनाबीच भएको ताजा घटनामा टर्कीका ११ सैनिक मारिएको अन्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

Turkey

विशेष