विदेश

मदर टेरेसालाई मरणोपरान्त सन्तको उपाधी दिइयाे

मदर टेरेसालाई मरणोपरान्त सन्तको उपाधी दिइयाे
mothe-taressa भदौ - १९ । मदर टेरेसालाई मरणोपरान्त सन्तको उपाधी दिइएको छ । क्याथोलिक इसाइहरुका सबैभन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसले आइतबार भ्याटिकन सिटीको सेन्ट पिटर स्क्वायरमा आयोजित विशेष समारोहमा मदर टेरेसालाई सन्तको उपाधी दिइएको घोषणा गरे । पोपले टेरेसालाई सन्तको उपाधी दिने घोषणा गत मार्च महिनामा गरेका थिए । नोबेल पुरस्कार विजेता मदर टेरेसालाई सन्त नेताको उपाधी दिने प्रक्रियालाई ‘कांग्रेगेशन’ भनिन्छ । सन्त घोषणा गर्ने प्रक्रिया पूरा गर्न करिब २० वर्ष लागेको छ । यो ऐतिहासिक अवसरको साक्षी बन्न विश्वभरबाट करिब १० हजार व्यक्ति भ्याटिकन सिटी पुगेका छन् । छिमेकी मुलुक भारतबाट विदेशमन्त्री सुषमा स्वराजको नेतृत्वमा १२ जनाको टोली भ्याटिकन सिटी पुगेको छ । को हुन् मदर टेरेसा ? गरिबहरुको सहायतामा क्रियाशील मदर टेरसाको जन्म २६ अगष्ट सन् १९१० मा अल्बानियामा भएको थियो । उनको नाम अग्नेसे गोंकशे बोजाशियु थियो । सन् १९२८ पछि उनलाई सिस्टर टेरेसा नामबाट बोलाउन थालियो । सन् १९५० उनले मिशनरी अफ च्यारिटीको स्थापना गरेकी थिइन् जसले १३३ देशमा काम गर्दै आएको छ । ५ सेप्टेम्बर सन् १९९७ मा टेरेसाको निधन भएको थियो । -एजेन्सीको सहयोगमा

mother teresa

विशेष