News
बिजुलीकाे तार चुँडिदा मोटरसाइकल चालकको मृत्यु
आइतबार, १९ भदौ २०७३ गते प्रकाशित

भदौ – १९ । ललितपुरमा हिजो बिजुलीको तार चुँडिएर एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिका १० टिकाथलीमा स्थानीय २० वर्षीय रमेश श्रेष्ठ रहेका छन् ।
ना ६ ख ३२३२ नम्बरको ट्रकले बिजुलीको पोलमा ठक्कर दिएपछि बिजुलीको तार चुँडिएर गुडिरहेको बा ४९ प २०४० नम्बरको मोटरसाइकलमाथि खसेको थियो ।
तारले लागेर गम्भीर घाइते भएका मोटरसाइकल चालक श्रेष्ठको नजिकैको क्रिस अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ ।
प्रहरीका अनुसार घटनापछि ट्रक चालक फरार रहेको र खोजी भइरहेको छ ।
bijuliko tar chudina
mirtue