काठमाडाैंकाे फाेहाेर भारत र फिनल्याण्डकाे कम्पनीलाई दिइयाे
भदौ - १९ । काठमाडौंको फोहोर मैला व्यवस्थापन हुने भएको छ । लगानी बोर्डले काठमाडौंका लागि छुट्टै तथा ललितपुर र भक्तपुरको फोहोर व्यवस्थापनका लागि दुई कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) को प्रक्रिया सुरु भइसकेको जनाएको छ ।
‘हामीले हेरिरहेका आयोजनाहरुमध्ये काठमाडौंको फोहोरमैला व्यवस्थापन आयोजना अहिलेसम्म सबैभन्दा आशलाग्दो स्थिति छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताएका छन् ।
सीइओ अधिकारीका अनुसार चाँडोभन्दा चाँडो फोहोरमैला व्यवस्थापनका लागि एक भारतीय र एक फिनल्याण्डको कम्पनीसँग पीडीए सम्झौता हुनेछ ।
लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनका लागि ३ वटा प्याकेज बनाएको छ । पहिलो प्याकेजमा काठमाडौंको मात्रै र दोस्रो प्याकेजमा ललितपुरको र तेस्रो भक्तपुरको फोहोर मैला व्यवस्थापनका लागि कम्पनी स्थापना गरे अघि बढ्ने ।
त्यसका लागि बोर्डले एउटै वा छुट्टाछुट्टै कम्पनीसँग परियोजना विकासको सम्झौता गर्नसक्ने सीइओ अधिकारीले बताए ।
काठमाडौको फोहोर व्यवस्थापनका लागि फिनल्याण्डको कम्पनी नेपवेज र ललितपुर तथा भक्तपुरका लागि भारतीय कम्पनी ग्रीन भ्याली नामक कम्पनीसँग पीडिएनएको तयारी भइरहेको उनले जानकारी दिए ।
ती कम्पनीहरुले उपत्यकाको फोहोर संकलन गरेर प्रशोधन र डिस्पोजल गर्नेछन् । फोहोरको प्रशोधन गरेर मल तथा अन्य वस्तुको उत्पादन पनि गर्न सकिने भएकाले यो आयोजना बहुउपयोगी हुने लगानी बोर्डको निर्ष्कष छ ।
आयोजनाको विस्तृत अध्ययन प्रतिवेद (डीपीआर) बोर्डले पारित गरिसकेको अधिकारीले जानकारी दिए । फोहोर मैला व्यवस्थापनका लागि लगानी बोर्डले नियुक्त गरेको अन्तराष्ट्रिय कन्सलट्यान्ट सीओडब्लुआइले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।
विस २०६६ सालदेखि काठमाडौंको फोहोर मैला व्यवस्थापन गर्ने भन्दै आवेदन दिएका थिए । ०६८ मा लगानी बोर्ड गठन भएपछि फोहोर मैला व्यवस्थापन सहित १५ वटा ठूला आयोजना लगानी बोर्डले नै हेर्दै आएको छ ।
India
ktmko fohor finland ko kamp[anilai