विदेश

अमेरिकी राष्ट्रपति ओबामामाथि चीनमा गैर कुटनीतिक भाषा प्रयोग

अमेरिकी राष्ट्रपति ओबामामाथि चीनमा गैर कुटनीतिक भाषा प्रयोग
barak-obama-vs-si-jing-ping भदाै - १९ । जी–२० को सम्मेलनमा भाग लिन आएका अमेरिकी राष्ट्रपति बाराक ओबामालाई चिनियाँ अधिकारीहरुले गैर कुटनीतिक भाषा प्रयोग गरेका छन् । राष्ट्रपतिको हैसियतबाट एसियाको अन्तिम भ्रमणमा चीन आएका उनलाई चिनियाँ अधिकारीहरुले विमानस्थलमा ‘यो हाम्रो मुलुक हो, यो हाम्रो विमानस्थल’ हो भन्दै गैर कुटनीतिक व्यवहार गरेका हुन् । चिनियाँ अधिकारीहरुले जी–२० को सम्मेलनका लागि कडा सुरक्षा व्यवस्था लागु गरेका छन् । उनीहरुको यो व्यवस्था अनुरुप अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसान राइसलाई पनि छुट दिइएको छैन । ओबामाको भ्रमणको समयमा विमानस्थलको भर्‍याङमा रिपोर्टरहरुको ओइरो लाग्ने गर्छ । हाङ्झुमा ओबामा विमानस्थलमा ओर्लिनासाथ चिनियाँ सुरक्षा अधिकारीहरुले एक निलाे रसी ढाँगेर पछाडी रिपोर्टर्सहरुलाई धकेलेका थिए । उनीहरुमध्ये एकले ह्वाइट हाउसको कर्मचारीलाई अमेरिकी प्रेस छोड भन्ने आवाजमा कराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । - एजेन्सी

America Barak Obama China

विशेष