News

गर्भपतन गराउने क्रममा सिकिस्त महिलाको मृत्यु, पाठेघरमा प्वाल परेको अनुमान

गर्भपतन गराउने क्रममा सिकिस्त महिलाको मृत्यु, पाठेघरमा प्वाल परेको अनुमान
death-main भदाै - १९ । गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रुटिका कारण खोटाङको धितुङ–६ की तलकुमारी राईको मृत्यु भएको छ । गर्भपतनसँगै पाठेघर सफा गर्नेक्रममा स्वास्थ्यकर्मीको त्रुटि हुन पुग्दा सिकिस्त बिरामी बनेकी ३९ वर्षीय तलकुमारीको आईतबार दिउँसो मृत्यु भएको हो । सन्तानको रहर पुगेपछि उनी श्रीमान चन्द्र राईसँग गर्भपतनकालागि गत बुधबार जिल्ला अस्पतालमा आएकी थिईन् । जिल्ला अस्पतालका मेडिकल अधिकृत सन्तोषप्रसाद शाहले उपकरण छिराएर पाठेघर सफा गरे लगत्तै पेट फुल्ने, श्वासप्रस्वासमा समस्या देखिने, बान्ता हुने, दिशापिसाव रोकिने, खाना खान नहुने, नाकबाट रगत मिसिएको पानी निस्कने लगायतका देखा परेपछि सिकिस्त बनेकी राईको उपचारका लागि राजधानी लैजानेक्रममा बाटैमा मृत्यु भएको हो । वर्षेनी ५ छोरी र २ छोरा भएपछि तालकुमारी श्रीमान् चन्द्र किरातीसँग तीन महिनाको गर्भपतनका लागि जिल्ला अस्पताल आइपुगेका हुन् । पाठे घर सफा गर्नेक्रममा उपकरणले पाठे घरमा प्वाल पारेका कारण महिलाको मृत्यु भएको अनुमान गरिएको छ । जिल्लाकै सबैभन्दा सुरक्षित र सुविधा सम्पन्न मानिने जिल्ला अस्पतालमै गर्भपतनका क्रममा भएको तलकुमारीको मृत्युले तीज मनाइरहेका महिलालाई नै निराश बनाएको छ । पाठेघर सफा गरे लगत्तै सिकिस्त बनेपछि उनलाई शुक्रबार साँझ ५ बजे जिल्ला अस्पतालले रेफर गरेको थियो । अस्पतालले रेफर गरेपनि खराब मौसमका कारण शनिबार खानीडाँडा बिमानस्थलबाट काठ्माण्डौं लैजाने प्रयास असफल भएपछि उनलाई फर्काएर जिल्ला अस्पतालमै राखिएको थियो । आईतबार हवाईजहाजबाट काठ्माण्डौं लैजानका लागि खानीडाँडा बिमानस्थल लैजानेक्रममै महिलाको बाटैमा मृत्यु भएको हो । बिहान उनलाई अस्पतालमा नाजूक अवस्थामा भेटिएको थियो । बाटोमा गाडी फसेकै ठाउँमा महिलाको मृत्यु भएको हो । अस्पताल श्रोतका अनुसार स्वास्थ्यकर्मीको कमजोरीले पाठेघरमा प्वाल परेका कारण महिलाको मृत्यु भएको हो । यद्यपी, यसको पूष्टि हुन बाँकी छ । मृतकको शव दिक्तेलको पूरानो बेस क्याम्पमा ल्याएर राखिएको छ । उनको मृत्युले अस्तालमा खैलाबैला सुरु भएको छ । निम्न आर्थिक स्तर भएका कारण ऋणपानमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लैजाने प्रयास समेत कुहिरोका कारण विफल भएको थियो । स्वास्थ्यकर्मीको लापरबाहीले अकालमै महिलाको मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. रामबहादुर केसीले पाठेघर सफा गर्नेक्रममा स्वास्थ्यकर्मीको कमजोरी भएको हुनसक्ने बताएका छन् ।

garvapatan garauda mirtue khotang

विशेष