विदेश

सुडानमा थप शान्ति सेना खटाउन आग्रह

सुडानमा थप शान्ति सेना खटाउन आग्रह
South_Sudan भदौ – १९ । दक्षिणी सुडानका विस्थापित नागरिक तथा धार्मिक नेताले संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषदसँग तत्काल थप शान्ति सेना खटाउन आग्रह गरेका छन् । संघर्ष बढ्दै गएकाले आफूहरुको अवस्था थप नाजुक भएको भन्दै उनीहरुले थप शान्ति सेना खटाउन सुरक्षा परिषदसँग आग्रह गरेको रोयटर्सले जनाएको छ । सुरक्षा परिषद्का १५ सदस्य अहिले दक्षिणी सुडानको भ्रमणमा राष्ट्रपति साल्भा किरसँग भेटवार्ता गरेका छन् । उनीहरुले सुडानका मन्त्रीसँग थप शान्ति सेना चाहिए नचाहिएको बारेमा छलफल गरिरहेका हुन् । साथै धार्मिक नेता तथा नागरिक समाजका अगुवासँग पनि परामर्श गरिरहेका छन् । सन् २०१३ मा राष्ट्रपति किर र विपक्षी नेता रिक मचारबिचको तनावका कारण दक्षिणी सुडानमा हिंसात्मक गतिविधि हुँदै आएको छ । समस्यामा रहेका नागरिकको रक्षाका लागि थप शान्ति सेना चाहिएको नागरिक अगुवा तथा धार्मिक नेताको भनाई छ । सुडानमा अहिले ८ हजार भन्दा धेरै शान्ति सेना खटिएका छन् ।

peace army Sudan uno

विशेष