News

हिसानका पूर्व सचिव पुडासैनीको निधन, २१ गते देशभरका उमाबि बिदा हुने

हिसानका पूर्व सचिव पुडासैनीको निधन, २१ गते देशभरका उमाबि बिदा हुने
hissan1 भदाै - १९ । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का पूर्व सचिव बुद्धि पुडासैनीको निधन भएको छ । ५१ वर्षीय पुडासैनीको अाइतबार उपचारका क्रममा मुत्रथैलीमा क्यान्सर रोगका कारण ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा निधन भएको हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी गराएका छन् । उनि ५ दिन अघिमात्र उपचारका क्रममा ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । रेडन कलेज सामाखुसीका प्रबन्ध निर्देशकसमेत रहेका पुडासैनीलाई सात महिनाअघि मात्र क्यान्सर भएको थाहा भएको हो । गोर्खामा जन्मिएका उनि सामखुसीमा श्रीमती र तीन छोरासँगै बस्दै आएका थिए । उनको अाइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्व सचिव पुडासैनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न हिसानले मंगलबार देशभरि हिसान आवद्ध उच्च मावि-कलेजको पठनपाठन बन्द गर्ने निर्णय गरेको महासचिव भण्डारीले जानकारी गराएका छन् । हिसानसँग देशभर करिब एक हजार ५० उच्च मावि तथा कलेज आवद्ध रहेका छन् । पुडासैनी हिसानको अघिल्लो कार्यकालमा सचिव पदमा कार्यरत थिए । यस्तै  उच्च माध्यमिक विद्यालय संघले एक विज्ञप्ति निकालेर गहिराे दुख व्यक्त गरेकाे छ । विज्ञप्तिमा भनिएकाे छ 'उहाँकाे मृत्युले हामी दुखित भएका छाै साे दुखद घडिमा मिति २०७३-०५-२१ गते हिसानका सबै सदस्य उच्च माबिहरु विदा गर्ने निर्णय गरिएकाेले उक्त कार्य गर्न अाग्रह गरेकाे छ ।' hissan

buddhi pudasaini HISSAN

विशेष