News

सर्वसाधारणलाई दुःख नदिन निजामति कर्मचारीहरुलाई निर्देशन

सर्वसाधारणलाई दुःख नदिन निजामति कर्मचारीहरुलाई निर्देशन
keshab budhathoki भदौ – १९ । सर्वसाधारणलाई दुःख दिने काम नगर्न सामान्य प्रशासन मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीले निजामती कर्मचारीहरुलाई निर्देशन दिएका छन् । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिवसको अवसरमा झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘तपाई (निजामती कर्मचारी)लाई केही समस्या छ भने मलाई भन्दा हुन्छ । तर, सर्वसाधारणलाई दुःख दिने काम नगर्नुस् ।’ उनले भने, ‘तपाईंहरुलाई के चाहिन्छ, के पुगेन मलाई भन्नुहोला । तर सेवाग्राही काममा ढिलासुस्ती नगर्नुहोस् ।’ मन्त्री बुढाथोकीले आफ्नो कार्यकालपछि कर्मचारीले सुरक्षित महसुस गर्ने किसिमले आफूले काम गर्ने बताए । कर्मचारीतन्त्रलाई सुधार गर्न भनेर विगतका आयोगहरुले बनाएर अड्किएका प्रतिवेदनहरुलाई अध्ययन गरेर कार्यान्वयन गराउने प्रतिवद्धता समेत व्यक्त गरे । अहिलेसम्म कर्मचारीतन्त्रलाई राजनीतिक दल अनुकूल बनाउन खोजिएको आरोप उनले लगाए । मन्त्री बुढाथोकीले आफ्नो पालामा कर्मचारीतन्त्रलाई ‘सिस्टम’मा ल्याउने बताए ।

janatalai dukha nadeu keshab kumar budhathoki Nijamati Karmachari

विशेष