News

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन
Krishna-mandir-bidhyadevi11 भदौ - १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेकी छिन् । हिन्दू महिलाको महान् वर्ष तीजको अवसरमा राष्ट्रपति भण्डारी आइतबार साँझ पशुपति पुगेर करिब १० मिनेट पूजाआजा गरेर फर्किएकी हुन् । राष्ट्रपति पशुपति गएको समयमा सर्वसाधारणलाइ पूजाआजा गर्नमा रोक लगाइएको भए पनि उनी पशुपतिमा प्रवेश गर्दा स्वागत गरेका दिदीबहिनीले हात हल्लाएर बिदाई गरे । सुरक्षाको कारण देखाउँदै राष्ट्रपति सहभागी भएका बेला सर्वसाधारण दिदीबहिनीले भने पूजाआजा गर्न पाएनन् । राष्ट्रपति उपस्थित हुने भएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । राष्ट्रपति पशुपतिमा जानु अघि प्रधानन्यायाधीश सुशीला कार्कीले समेत तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गरेकी थिइन् । महिलाहरुको विशेष पर्व तीजमा राष्ट्रपति र प्रधानन्यायाधीशले पशुपतिको दर्शन गर्नुलाई विशेष मानिएको छ ।

bidhya bhandari pasupati darsan

विशेष