News

काँग्रेस सभापति देउवा र युएनडिपीका प्रमुखबीच भेटवार्ता

काँग्रेस सभापति  देउवा र युएनडिपीका प्रमुखबीच भेटवार्ता
sher bahadur 1 भदाै - १९ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राष्ट्रिसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का दक्षिण एसियाली टोली प्रमुख सिन उमेजुले बुढानीलकण्ठस्थित निवासमा अाइतबार भेट गरेका छन् । भेटघाटका अवसरमा सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन गरी लोकतन्त्रलाई संस्थागत र स्थायी बनाउन सबै राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्नका लागि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । नेपालको सबैभन्दा ठूलो र पुरानो राजनीतिक दल भएका कारण नेपाली काँग्रेसको काँधमा मुलुकको ऐतिहासिक दायित्व र जिम्मेवारी सदैव रहँदै आएको र काँग्रेसकै अगुवाइमा मुलुकका हालसम्मका सबै राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तन सम्भव भएको सभापति देउवाले स्मरण गराएका छन् । उनले राजनीतिक स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर बनाउन आफू र आफ्नो पार्टीले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुभएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त भेटमा टोली प्रमुख उमेजुले नेपालको सम्बृद्धि, विधिको शासन र लोकतन्त्रको सबलीकरणमा युएनडिपीका तर्फबाट निरन्तर सहयोग रहने र आगामी दिनमा स्थानीय निकायको निर्वाचनमा आवश्यक सहयोग गर्न आफू तत्पर रहेको बताएका छन् ।

Sher Bahadur Deuba sin umeji UNDP

विशेष