News

काँग्रेसद्वारा दुःख व्यक्त

काँग्रेसद्वारा दुःख व्यक्त
nepali-congress-flag भदाै–१९ । नेपाली काँग्रेसले मुलुकका विभिन्न भागमा बाढी पहिरोमा परी जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरी काँग्रेसले स्याङ्जा, ताप्लेजुङ, महोत्तरी, बारालगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको हो । पीडितलाई तत्काल राहत उपलब्ध गराउन पार्टीले सरकारसँग माग गरेको छ । शनिबार बाढीपहिरोमा परी स्याङ्जाको केवरेभञ्जाङ र ताप्लेजुङमा चार–चार जना तथा महोत्तरी र बारामा दुई–दुई जनाको मृत्यु भएको थियो ।

Nepali Congress

विशेष