News समाज

वरिष्ठलाई हटाएर कनिष्ठलाई जिम्मेवारी

वरिष्ठलाई हटाएर कनिष्ठलाई जिम्मेवारी

भदौ २० । विद्युत प्राधिकरणका अधिकांश विद्युतगृह, क्षेत्रीय निर्देशनालय, वितरण केन्द्र र आयोजनाहरूमा बरिष्ठहरूलाई हटाएर कनिष्ठलाई जिम्मेवारी दिने प्रवृत्ति बढेको छ ।दसौ तहको मेकानिकल दरबन्दी पाएका विद्युतगृहमा अधिकांशलाई ९ तहका कनिष्ठलाई जिम्मेवारी दिएको छ ।

दस तहका मेकानिकल दरबन्दी भएका कालिगण्डकी ए, मध्यमर्स्याङ्दी, कुलेखानी प्रथम, मर्स्याङ्दी विद्युत गृहमा नौ तहकालाई प्रमुख बनाइएको छ । योग्यता नपुगे पनि कामुको जिम्मेवारी दिएर कनिष्ठलाई प्रमुख बनाएर वरिष्ठहरूलाई काठमाडौं केन्द्रमा थन्क्याइएको छ । प्राधिकरणका एक इन्जिनियरका अनुसार विनियमावलीविपरीत यसरी जिम्मेवारी दिन थालेपछि विद्युतगृहको मर्मतसम्भारमा वेथिति बढ्दै गएको छ । अन्नपूर्णपोष्ट

Nepal electirity autority

विशेष