Technology News

चन्द्रमामा पाइला टेक्ने जीवित अन्तरिक्षयात्री आज नेपाल आउने

चन्द्रमामा पाइला टेक्ने जीवित अन्तरिक्षयात्री आज नेपाल आउने

भदौ २० । ४७ वर्षअघि चन्द्रमामा पाइला टेकेका जीवित अन्तरिक्षयात्री ८७ वर्षीय बज अल्ड्रिन सोमबार काठमाडौं आउंदै छन् । उनले मंगलबार सुनसरीको अमाहीबेल्हा सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरको अवलोकन गर्दै छन् । अल्ड्रिन नेतृत्वको ६ सदस्यीय टोली पांच दिन नेपालमा रहनेछ । मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहेका अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्ड्रिन, नासाका अध्यक्ष एलिजाबेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङ पनि छन् ।

अल्ड्रिनले बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तक्र्रियामा आफ्ना अनुभव राख्नेछन् । एभरेस्ट साइन्स सेन्टरका अध्यक्ष दिलीप अधिकारीका अनुसार २४ भदौ सांझ अल्ड्रिनको टोली अमेरिका फर्कनेछ । अन्तरिक्षयात्रीहरूको अनुभव सुनाउन करिब पांच हजार जनालाई साइन्स सेन्टरमा प्रबन्ध मिलाइएको अध्यक्ष अधिकारीले बताए ।

Astin

विशेष