सर्वोच्चद्वारा राजदूत नियुक्तिका लागि बाटो खुल्ला
भदौ २० । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश गोपाल पराजुली र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । सर्वाेच्चको आदेशसंगै सरकारलाई राजदूत नियुक्तिका लागि बाटो खुलेको छ ।
आदेशमा भनिएको छ, कार्यपालिकाले राष्ट्रिय प्रतिनिधित्व गर्न निर्देशन र नियन्त्रणमा रही काम गर्नुपर्ने हुंदा कार्यपालिकाले नियुक्ति वा बर्खास्त गर्न पाउने छ ।
Sarboccha Adalat