ताजा खबर News

एपोलो ११ का पाइलट बज नेपालमा

एपोलो ११ का पाइलट बज नेपालमा

Buzz भदौ २० । चन्द्रमामा पहिलो पटक पाइला टेकेका अमेरिकी नागरिक बज अल्ड्रिन काठमाडौं आइपुगेका छन् । ८६ वर्षीय बज एभरेस्ट साइन्स सेन्टरको आमन्त्रणमा नेपाल आएका हुन् । ६ सदस्यीय टोलीसँगै आएका बज २४ गतेसम्म नेपालमा रहने छन् ।

उनले मंगलबार सुनसरी अमाहीबेल्हा सीतागञ्ज पुगेर एभरेष्ट साइन्स सेन्टरको अवलोकन गर्ने छन् साथै अन्तरिक्ष यात्राको अनुभवबारे पनि बताउने छन् । यसैगरी बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तर्क्रिया कार्यक्रममा पनि उनी सहभागी हुनेछन् । बजको सुरक्षार्थ झण्डै साढे दुई सय प्रहरी परिचालनको तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ ।

बजका साथमा उनका छोरा डा. एन्डी, बुहारी क्रिस्टिना, नासाका एलिजाबेथ लेवलन्स र जोसेफ लेवलन्स छन् । सन् १९६९ जुलाई २० मा निल आर्मस्ट्रङसँगै चन्द्रमामा पहिलो पटक पाइला टेकेका बज अमेरिकाको एयर फोर्सका सेवा निवृत्त पाइलट हुन् । बज चन्द्रमामा जाँदा प्रयोग भएको यान एपोलो–११ का पाइलट थिए ।

Buzz Astin

विशेष