बाबुरामले २५ वर्षमा नेपाललाई जापान जस्तै विकसित बनाउने प्रतिवेदन सार्वजनिक गरे (प्रतिवेदनसहित)
भदौ २० । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी, नेपालले राजनीतिक प्रतिवेदन ‘नयाँ शक्तिका आधारतत्व’ सार्वजनिक गरेको छ । छलफलका लागि भन्दै सार्वजनिक गरिएको प्रतिवेदनमा ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने नारासहित १७ बुँदा समेटिएका छन् ।
आधारतत्वको ६ नम्बर बुँदामा विकास र समृद्धिको मार्गचित्र प्रस्तुत गरिएको छ । जसमा आउँदो ७ वर्षभित्र नेपाललाई अल्पविकसित देशको सीमाबाट बाहिर निकाल्ने, १५ वर्षभित्र मध्यमस्तरको आर्थिक स्थिति भएको देश बनाउने, २५ वर्षभित्र विश्वकै अतिविकसित देशको हाराहारीमा आधुनिक र समृद्ध मुलुक निर्माण गर्ने योजना ल्याएको नयाँ शक्ति नेपालले जनाएको छ ।
गरिबी, बेरोजगारी, बढ्दो परनिर्भरता र क्षेत्रीय असन्तुलन नेपाली अर्थतन्त्रका प्रमुख समस्या भएको भन्दै यिनको छिटो अन्त्य गर्न केही दशकसम्म निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नु, वृद्धिसँगसँगै उच्च रोजगारी सिर्जना गर्नु, भारत र चीनको विशाल अर्थतन्त्रको मूल्य–श्रृखंलामा जोडिने गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नु, निर्वाहमुखी कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न उच्च प्राथमिकता दिनु, भौतिक र वित्तीय पूर्वाधारको तीब्र विकास गरी स्वदेशी र विदेशी निजी लगानीलाई आकर्षित गर्नु र सामाजिक सुरक्षा कार्यक्रमलाई व्यापक विस्तार गरी सामाजिक न्याय र शान्ति कायम गर्नु आफ्नो पार्टीको विकास नीति रहेको आधारतत्वमा उल्लेख छ ।
राजनीतिक प्रतिवेदनको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस
Naya Sakti nepal