विदेश

यी जीवका अनौठा विशेषता जानी राख्ने कि ?

यी जीवका अनौठा विशेषता जानी राख्ने कि ?

wildअस्ट्रिच — ‘अस्ट्रिच’ घोडा भन्दा पनि छिटो कुद्न सक्छ । ‘मेल अस्ट्रिच’ सिंह जसरी गर्जन सक्छ ।

चमेरो — संसारमा स्तनधारी जीव (म्यामल) मध्ये चमेरो मात्र उड्न सक्ने प्राणी हो ।

कंगारो — कंगारोेले आफ्नो पुच्छरले जीउलाई समतोल(ब्यालेन्स) गराउँछ । यदि कंगारोको पुच्छरलाई भुईमा टेकाइदियो भने कंगारो उफ्रन सक्दैन ।

बाघ — सामान्यतः मानिसहरुले बाघको भुत्लामा धर्सा हुन्छ भन्ने ठान्छन् । तर बाघको छालामा पनि धर्सा हुन्छन् । कुनै एउटा बाघको जीउको धर्सा अर्को बाघसँग मिल्दैन । बाघको पहिचान यीनै धर्साका आधारमा हुन्छ ।

गोही — गोहीले कसैलाई आक्रमण गरेको समयमा गोहीको आखाँको नानीमा हातको बुढी औँलाले ठेलिदियो भने गोहीले छाडिदिन्छ ।

बिरालो— बिरालोको कानमा ३२ किशिमका मांशपेसी हुन्छन् । जसले गर्दा यिनीहरु अरुको कुरा ध्यान दिएर सुन्न सक्छन् ।

हात्ती — हात्तीले ३ माइल टाढाबाटै पानीको बास्ना थाहा पाउन सक्छ । अन्य स्तनपान गराउने जनावर (म्यामलस्) जस्तै पोथी हात्तीको पनि पनि रजस्वला रोकिन्छ । यस्तो विशेषता मान्छे र ब्लु ह्वेलमा पनि हुन्छ ।

कमिला — कमिला कहिल्यै सुत्दैन र यसको फोक्सो हुँदैन ।

पुतली — पुतलीका हजारौँ लेन्स भएका दुई ठूला आँखा हुन्छन् । तैपनि पुतलीले रातो, हरियो र पहेँलो रङ मात्र देख्न सक्छ ।

शंखेकिरा — शंखेकिराले एउटा आँखा गुमायो भने शरिरले अर्को आँखाको विकास आफै गर्छ ।

जिराफ — जिराफको ‘भोकल कर्ड’ हुँदैन । यिनीहरुको जिब्रो कालो र निलो रङको हुन्छ ।

लोखर्के — हाम्रो वातावरणमा कतिपय रुख र बोटविरुवा लाखर्केले रोपेका हुन्छन् । तिनीहरुले बियाँ लुकाउन जमिनमा पुर्ने गर्छन् र केहि समयपछि बियाँ कता पुरेको भन्ने बिर्सन्छन् । त्यहि बियाँबाट विरुवा पलाउन थाल्छन् ।

विशेष