ताजा खबर विदेश

छिमेकीको घरमा आगो लगाउने पक्राउ

छिमेकीको घरमा आगो लगाउने पक्राउ

Fire भदौ २० । पोर्चुगलको मोन्चिक नगरमा एकजना सन्काहा व्यक्तिले अरुका आवासिय भवनहरुमा आगो लगाइदिँदा त्यहाँ बस्ने बृद्धबृद्धा तथा अशक्त, अपाङगहरुको भागदौड मच्चिएको स्थानीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । दक्षिणी पोर्चुगलको अल्गार्भ प्रान्तको मोन्चिक नगर राजधानी लिस्बनबाट दक्षिणतर्फ २५७ किलोमिटर टाढा अवस्थित छ । यो सहर पर्यटकलाई आकर्षण गर्ने लोकप्रिय केन्द्रबिन्दु पनि हो ।

शनिबार अपरान्हदेखि भएको सो आगलागीबाट धन, जनको खासै क्षति नभए तापनि एउटी स्थानीय महिला धुवाँको मुस्लोले निसास्सिएकी छन् ।  आगजनी गर्ने एक जना ४९ बर्षीय उक्त सन्काहा मानिसलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने भएको स्थानीय सञ्चार माध्यम “पब्लिको” ले जनाएको छ ।

Fire in Portugal

विशेष