News

प्रधानमन्त्रीलाई थाइल्याण्डको निम्तो

प्रधानमन्त्रीलाई थाइल्याण्डको निम्तो

भदौ २० । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आगामी असोज २२ गतेदेखि सुरु हुने एसिएन कोअपरेटिभ समिटमा भाग लिन थाइल्यान्ड सरकारले निमन्त्रणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसान्टले भेटवार्ता गरी एसियाली मुलुकका सरकार प्रमुखहरु सहभागी हुने उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैंककमा हुने दोस्रो सम्मेलनमा सहभागिताका लागि थाई सरकारका तर्फबाट राजदूत भुट्टीसान्टले निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध र आपसी हितका बारेमा समेत छलफल भएको थियो

Prachanda Pushpakamal Dahal

विशेष