सिरियामा शक्तिशाली बम बिष्फोट, कम्तीमा ४० काे मृत्यु

भदाै - २० । सिरियामा छुट्छुटै स्थानमा गराइएको शक्तिशाली बम बिष्फोटमा परि कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
सिरियाको सरकारी क्षेत्रको ४ छुट्छुटै स्थानमा गराइएको शक्तिशालि बम बिष्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । सिरियाको तारटोस क्षेत्रमा गराइएको बिष्फोटमा ३० जनाको मृत्यु भएको छ अन्य ४५ जना घाइते भएका छन् । त्यस्तै होम्स शहरमा गराइएको कार बम बिष्फोटमा ४ मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
त्यस्तै गरि दमास्कस तथा हासाका क्षेत्रमा बिष्फाेटमा परि ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । तर सिरियन अब्जरभेटरी ह्युमन राइटले भने ४७ जना मारिएको बताएको छ । बिष्फोटमा मारिने सबै सर्वसाधारण रहेको बताइएको छ । यसैबीच अमेरिका र रसियाले सिरियाको युद्धग्रस्त क्षेत्रमा मानबिय सहायता पु-याउनको लागि केही समय युद्धबिराम गर्ने बिषयमा छलफल गरेका छन् ।
Syria bomb blast
Syria War
