विदेश

विद्रोहीको नियन्त्रणमा रहेकाे एतिहासिक शहरमा सरकारी सेनाको पुनः नियन्त्रण

विद्रोहीको नियन्त्रणमा रहेकाे एतिहासिक शहरमा सरकारी सेनाको  पुनः नियन्त्रण
Syria भदौ – २० । सिरियाको एतिहासिक शहर एलेप्पोका केही क्षेत्रहरुमा सरकारी सेनाले आफ्नो नियन्त्रण पुनः कायम गरेका छन् । अघिल्लो महिना ती क्षेत्र विद्रोहीको नियन्त्रणमा थियो । विद्र्रोहीको नियन्त्रणमा रहेको पूर्वी जिल्ला सेनाले घेराबन्दी गरेको बताइएको छ । सरकारी सेनाले विद्रोहीका दुई अखडा नियन्त्रणमा लिएसँगै विद्रोहीको सामग्री ल्याउने लाइन पनि काटिदिएको छ । सरकारी सेनालाई सिरियाली तथा रुसी लडाकु विमानले पनि साथ दिएका छन् । एलेप्पोको उक्त विद्रोही नियन्त्रित क्षेत्रमा झण्डै साढे दुई लाख मानिसको बसोबास रहेको छ ।

Syria

विशेष