अफगानिस्तानमा तेल ट्याँकर र यात्रुवाहक बस ठोक्किँदा ३५ को मृत्यु

भदौ–२० । दक्षिणी अफगानिस्तानमा तेल बोकेको ट्यांकरसँग एक यात्रुवाहक बस ठोक्किँदा कम्तीमा ३५ जना मारिएका छन् ।
आइतबार भएको सो घटना युद्धग्रस्त देशमा भइरहने दुर्घटनाको पछिल्लो उदाहरणमा हेरिएको छ ।
स्रोतका अनुसार घटनामा परेका महिला तथा बालबालिका लगायत व्यक्त चिन्नै नसकिने गरी डढेका छन् । यो दुर्घटना तालिवानी विद्रोहीले वितण्डा मच्चाएको जाबुल क्षेत्रमा भएको हो ।
‘यात्रुवाहक बस कन्दहारबाट काबुल जाँदै गर्दा जाबुलको जिल्दाक इलाकामा ट्यांकरसँग ठोक्किएको थियो,’ प्रान्तीय गभर्नर बिस्मिल्लाह अफगानमलले बताएका छन् ।
Afghanistan
