ताजा खबर News समाज

भट्टराई र प्रधानविरुद्ध सर्वोच्चमा परेको अपहेलना मुद्दा खारेज

भट्टराई र प्रधानविरुद्ध सर्वोच्चमा परेको अपहेलना मुद्दा खारेज

भदौ २१ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अपहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाशीश सुशीला कार्की र वरिष्ठ न्यायाधीश गोपाल पराजुलीसमेतको पूर्ण इजालासले भट्टराई र प्रधानविरुद्ध सर्वोच्चमा दायर गरिएको अपहेलनाको मुद्दा खारेज गरेको हो । पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईलाई समेत विपक्षी बनाई नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका तर्फबाट कोमलप्रसाद इटनीले अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।

पत्रकार थापाको हत्या आरोपमा माओवादी कार्यकर्ता पक्राउ परेपछि तत्कालीन महान्यायाधिवक्ता प्रधानले अनुसन्धान रोक्न निर्देशन दिएका थिए । द्वन्द्वकालको मुद्दा बृहद शान्ति सम्झौताका प्रावधानका आधारमा र सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग मार्फत नै समाधान हुने भन्दै प्रधानले निर्देशन दिएका थिए ।

baburam bhattarai

विशेष