अपराध सुरक्षा ताजा खबर News

तीन बालक द्वारा सात वर्षीय बालिका बलात्कार

तीन बालक द्वारा सात वर्षीय बालिका बलात्कार

rape भदौ २१ । तीनजना बालक मिलेर एक सात वर्षीया बालिकाको सामूहिक बलात्कार गरेका छन् । बलात्कारको शिकार भएकी सात वर्षिया बालिका आफन्तजनकासाथ न्याय माग्न जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुगेकी छिन् ।

गत १५ गते बाख्रा चराउन गएकी सप्तरीको बनैनियाँ–८ का एक सात वर्षिया बालिकालाई स्थानीय तीनजना मुस्लिम थरका बालकले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले जानकारी दिए । अभिभावकसहित जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेकी बालिकाको बेहोस अवस्थामा थिइन् । त्यसपछि प्रहरीले बालिकालाई लहानमा लगेर चिकित्सकको जाँच गराएको थियो । पक्राउ परेका तीनैजनालाई ९० हजार रुपियाँ लिएर प्रहरी निरीक्षक सुर्यनारायण यादवले छाडिदिएको अभिभावकले आरोप लगाएका छन् ।

सो घटना तीन जना नवालक संलग्न रहेको जानकारी दिदै प्रहरी उपरिक्षक ढकालले तिनीहरू उपर मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताएका छन् । गोरखापत्रबाट

Rape in Saptari

विशेष