ताजा खबर News

प्रधानमन्त्रीको आदेशमा घाइतेको उद्दार

प्रधानमन्त्रीको आदेशमा घाइतेको उद्दार

prachanda भदौ २१ । भेरीमालिका नगरपालिका–४ शान्ति चौतारामा लोकेन्द्र शाहीको घरमा रहेको सङ्गीता होटलमा आगलागी हुँदा घाइते भएका चारजनाको सोमबार अपरान्ह उद्धार गरिएको छ ।

आइतबार दिउँसो भएको आगलागीबाट घाइते भएका चारजनालाई नेकपा (माओवादी केन्द्र) जाजरकोटका इन्चार्ज गणेशप्रसाद सिंहको पहल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो आदेशमा नेपालगन्जबाट सेनाको हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पुयाइएको छ । उद्धार गर्दा लागेको खर्च प्रधानमन्त्री कार्यालयले तिर्ने प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले जानकारी दिए ।

आगलागीबाट कार्कीगाउँ–६ घर भई सोही घरमा होटल गरी बस्ने ४५ वर्षीय मानसिंह खत्री, भेरीमालिका नगरपालिका–४ बस्ने १८ वर्षीय गोकर्ण चन्द, रुकुम चौरजहारी–७ का २३ वर्षीय प्रेमबहादुर राना र इलाका प्रहरी कार्यालय, गर्खाकोटमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान रमेश शाहलाई काठमाडौँ लगिएको हो ।

आगोमा जलेर मानसिंहकी माइत आएकी १८ वर्षीया छोरी संगिता खत्री बोहोराको सोमबार नै ज्यान गइसकेको छ

Prachanda

विशेष