कला साहित्य News

बरिष्ठ साहित्यकार दान खालिङको निधन

बरिष्ठ साहित्यकार दान खालिङको निधन

Dan Khaling भदौ २१ । बरिष्ठ साहित्यकार दान खालिङको निधन भएको छ । भारत दार्जिलिङका स्थायी निवासी खालिङको सोमबार साँझ सिलिगुडीस्थित भाइको घरमा निधन भएको हो । लामो समयदेखि नशा सम्बन्धि रोगबाट ग्रसित खालिङ पछिल्लो समय सिलिगुढीमा बस्दै आएका थिए ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनका समय हतियार बोकेर नेपाल प्रवेश गरेका खालिङले आफ्नो जीवनको अधिकांश समय नेपालमा बिताएका थिए । खालिङ पूर्व प्राज्ञ समेत हुन । लामो समयको प्रयासपछि पनि सरकारले नेपाली नागरिकता नदिएपछि खालिङले २०६२–०६३ आन्दोलनपछि नेपाल छाडेका थिए । उनको बुधबार जन्मथलो दार्जिलिङको सुकेपोखरीमा धार्मिक परम्पराअनुसार अन्त्यष्टि गरिने पारिवारले जनाएको छ ।

Dan Khaling

विशेष