ताजा खबर विदेश

काबुलको रक्षा मन्त्रालय परिसरमा विष्फोट २४ को ज्यान गयो

काबुलको रक्षा मन्त्रालय परिसरमा विष्फोट २४ को ज्यान गयो

Deface भदौ २१ । अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालय परिसरमा गराइएका शृङ्खलाबद्ध बिस्फोटमा २४ जना मारिएका छन् । विस्फोटमा परेर ९० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा केही केही सेना र सुरक्षाकर्मी पनि रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । राजधानी काबुलमा दुई वटा बिस्फोट भए लगत्तै उत्तर पश्चिम शहरमा तेस्रो बिस्फोट भएको र एक गेष्ट हाउसमा बन्दुकधारीहरुले आक्रमण गरेको बताइएको छ ।

घटनाको जिम्मेवारी तालीवान बिद्रोहीले लिएको छ । घाइतेहरुको अवस्था गम्भीर छ । घटना लगत्तै सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ ।

Afaganistan

विशेष