ताजा खबर विदेश

आफूलाई गाली गरेको भन्दै फिलिपिन्सका राष्ट्रपतिलाई भेट्न मानेन ओबामाले

आफूलाई गाली गरेको भन्दै फिलिपिन्सका राष्ट्रपतिलाई भेट्न मानेन ओबामाले

Barack Obama

भदौ २१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्तेलाई भेट्न अस्वीकार गरेका छन् । ओबामा र डुटेर्तेबीच लाओसमा हुन लागेको आसियान शिखर सम्मेलनमा भेट्ने कार्यक्रम थियो । तर, सम्मेलनमा जानु अघि एक प्रश्नको जवाफ दिने क्रममा डुटेर्तेले ओबामामाथि भद्दा गाली गरेका थिए ।

हृवाइट हाउसका अधिकारीहरुका अनुसार अब ओबामाले दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्वेन हीसँग मात्र भेट गर्नेछन् । डुटेर्तेले ओबामालाई गालीगलौज गर्दै भनेका थिए कि लाओसमा भेट्दा मानवअधिकारको प्रवचन नदिओस् । सम्मेलनमा जानु अघिको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफ दिँदै उनले भनेका थिए, तपाईले सम्मान गर्नुपर्छ । मात्र प्रश्न गर्ने र बयान लिएर काम चल्दैन । फिलिपिन्स एक सम्प्रभु देश भएको भन्दै उनले यसको मालिक केवल फिलिपिन्सको जनता मात्र भएको बताए ।

डुटेर्ते राष्ट्रपति भएपछि लागू औषध तस्करविरुद्ध कडा रवैया अपनाइएको छ । उनी विवादमा पनि छन् । उनले ३० जुनमा कार्यभार सम्हालेदेखि अहिलेसम्म लागु औषधको कारोबारमा संलग्न २ हजार ४ सय भन्दा बढी मारिएका छन् । राष्ट्रपति डुटेर्तेको दाबी छ कि ६ महिनामा एक लाख लागू औषध तस्करलाई समाप्त गरिनेछ । अमेरिकी राजनीतिमा फिलिपिन्समा लागू औषध तस्करविरुद्धको अभियानलाई लिएर मानवअधिकारसँग जोडिएको चिन्ताहरु व्यक्त भइरहेका छन् ।

Barak Obama

विशेष