अपराध सुरक्षा News

चौध बोरा चरेश सहित पक्राउ

चौध बोरा चरेश सहित पक्राउ

Cahresh

भदौ २१ । चितवन प्रहरीले लागुऔषध चरेस बरामत गरेको छ । ट्रकमा राखेर धादिङबाट बीरगञ्ज लैजादै गरेको १४ बोरा लागुऔषध चरेश बरामत गरिएको चितवन प्रहरीले जनाएको छ । चेक जाँचका क्रममा ना ३ ख ६३५२ नम्बरको ट्रकमा राखेर लैजादै गरेको अवस्थामा १४ बोरा चरेस मुङलीन प्रहरीले बरामत गरेको चितवन प्रहरीका प्रमुख एसपि बसन्त कुँबरले जानकारी दिए ।

चालक मकवानपुर नामटार निवासी ३० बर्षिय कुमार गोले सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । करौडौ मुल्य रुपैयाँको सो चरेस कसले कहाँ लगेको हो भन्ने खुल्न सकेको छैन । सो चरेस चितवन प्रहरीले बरामद गरेको हालसम्मकै ठुलो परिणामको हो ।

Charesh

विशेष