News

नेपाल चिकित्सक सङ्घको चुनाव जारी

नेपाल चिकित्सक सङ्घको चुनाव जारी

 भदाै - २१ । नेपाल चिकित्सक सङ्घको उपत्यकाभित्रको चुनाव मंगलबार जारी छ । आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार मंगलबारदेखि २५ गतेसम्म दोस्रो चरणको चुनाव हुन लागेको हो । यसअघि भदौ १७ र १८ गते उपत्यका बाहिरको चुनाव भइसकेको छ ।

प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले उपत्यका बाहिरको चुनावमा मतदान गर्न छुटेका मतदाताले पनि आएर मतदान गर्न पाउने बताएका छन् । मतदान सङ्घकै कार्यालय परिसर बागबजारमा भइरहेकाे छ । सङ्घका १३ पदाधिकारीका लागि दुईवटा प्यानलबाट २६ र एक स्वतन्त्र गरी २७ जनाको उम्मेदवारी परेको छ । कोसीमा एकजनाको स्वतन्त्र उम्मेदवारी परेको छ । निर्वाचन बिहान ११ देखि सु्रु भएकाे र अराह्न ४ बजे सम्पन्न हुनेछ । सङ्घमा हाल पाँच हजार ३०५ जना मतदाता रहेका छन् । तीमध्ये उपत्यका बाहिरको मतदाता सङ्ख्या एक हजार ५०० को हाराहारीमा रहेको छ । निर्वाचन अधिकृत रानामगरले उपत्यकाबाहिर एक हजार ३६६ मत खसेको जानकारी दिएका छन् 

 उनले मंगलबारदेखि शनिबार पाँच दिनसम्म हुने मतदानमा करिब तीन हजारभन्दा बढी मत खस्ने बताएका हुन् ।

नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह र पेसागत समावेशी चिकित्सक समूह प्रतिस्पर्धामा छन् ।  काँग्रेस निकट मानिएको प्रजातान्त्रिक समूहबाट डा मुक्तिराम श्रेष्ठ र पेसागत समावेशी चिकित्सक समूहबाट डा रमेश ढकाल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसैगरी, प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मीप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी रहेका छन् भने समावेशी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समीर शर्माले चुनावी प्रतिस्पर्धा गर्दै छन् ।  विसं २००७ मा स्थापित सङ्घमा अहिलेसम्म प्रजातान्त्रिक प्यानलले चुनाव जित्दै आएको छ । देशभर १७ हजार चिकित्सक भएपनि सबैलाई सङ्घमा आबद्ध गराउनु दुवै प्रतिस्पर्धी समूहका लागि चुनौतीको विषय हो ।

chikitsak sang chunab

विशेष