विदेश

बङ्लादेशमा प्रहरीद्वारा छापा

बङ्लादेशमा प्रहरीद्वारा छापा
Bangladeshipolloce भदाै - २१ । बङ्लादेशी कुटनीतिक नियोग कार्यालयमा प्रहरीले मङ्गलबार छापा मारेको छ । सो कार्यालयबाट प्रहरीले केही शङ्कास्पद व्यक्तिहरुलाई उनीको साथमा रहेको झोलासहित नियन्त्रणमा लिएको छ । वरिष्ठ प्रहरी अधिकारी साहबुिद्दन क्युरेसीले सो कार्यालयमा तीन जना शंकास्पद व्यक्ति झोला बोकेर जवरजस्ती छिरेको सूचनाका आधारमा छापा मारेको बताएका छन् । उनले उनीहरु के कस्ता व्यक्ति हुन् भन्ने बारेमा एकिन भईनसकेको पनि स्पष्ट पारेका छन् । उनीहरुलाई नियन्त्रणमा लिने बेलामा कार्यालय अगाडी सय भन्दा बढी प्रहरी तैनाथ गरिएको थियो ।  “हाम्रो बम डिस्पोजल टोलीले झोलाहरुको छानविन र अध्ययन गरिरहेको छ” उनले भने, — “खास तथ्य हामीले चाडै नै पत्ता लगाउने छौं । ”  ढाकास्थित एउटा स्पेनीस क्याफेमा गत जुलाईमा लडाकुहरुले आक्रमण गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

bangladesh police arrested

विशेष