हत्याका अभियुक्तलाई ३५ वर्ष कैद सजाय
भदाै - २१ । बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई मंगलबार सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बारा जिल्ला विप्रविर्ता–६ स्थायी घर भई हाल कलैया–८ बस्ने गोलु भनिने २८ वर्षीय अरविन्दलाल दासलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष र बलात्कारमा १५ वर्ष तथा कलैया–८ बस्ने ४५ वर्षीय मदन मिश्रलाई कर्तव्य ज्यानमा दुई वर्ष र १६ वर्षीय पवन मिश्रलाई छ महिना कैद सजायको फैसला गरेको छ ।
अभियुक्तले २०७१ कात्तिक २२ गते करिब छ वर्षीया कञ्चनकुमारी ठाकुरलाई ललाइफकाई कलैया–८ स्थित कलैया अस्पतालको पछाडि लगी बलात्कार गरी हत्या गरेको अदालतका स्रेस्तेदार मोहन सुवेदीले बताएका छन् ।
hatyaka aropi pakrau