विदेश

व्यापारिक भवनमा आतङ्ककारी घुसेको आशङ्कामा प्रहरीले छापा मार्याे

व्यापारिक भवनमा आतङ्ककारी घुसेको आशङ्कामा प्रहरीले छापा मार्याे
bangladesh-map भदाै - २१ । सशस्त्र आतङ्ककारी घुसेको आशङ्कामा बङ्गलादेश प्रहरीले राजधानी ढाकामा कूटनीतिक आवाश क्षेत्रको रुपमा परिचित गुलसन इलाकामा अवस्थित एक व्यापारिक भवनलाई घेरा हालेको छ । धेरै तलायुक्त सो व्यापारिक भवनमा गह्रुङ्गो झोला बोकी तीनजना संदिग्ध व्यक्तिहरु जबर्जस्ती घुसेको सुराक पाएकाले सशस्त्र आतङ्ककारीको आशङ्कामा प्रहरीले आफ्नो कारबाही चलाउन लागेको अतिरिक्त कमिसनर मोहम्मद शाहबुद्दिन कुरेशीले सञ्चारमाध्यमलाई बताएका छन् । भवनभित्र घुसेकाहरु सशस्त्र आतङ्ककारी हुन् या चोर, लुटेरा भन्ने पुष्टि भने भइसकेको छैन । प्रहरीको बम निरीक्षण टोलीले पहिला झोलाहरुको परीक्षण गर्ने तत्पश्चात् मात्र सत्य तथ्य यकिन गर्न सकिने कुरासमेत कमिसनर कुरेशीले जानकारी दिएका हुन् । गत १ जुलाईका दिन गुलसन इलाकामै अवस्थित एउटा स्पेनी रेस्टुराँमा विदेशीहरुको जमघट भइरहेका बखत सशस्त्र आतङ्ककारीले आक्रमण गर्दा बाइसजना विदेशीहरुको मृत्यु भएदेखि नै राजधानीमा प्रहरीले सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको छ । रासस÷सिन्ह्वा

bangladesh

विशेष