News

साेलुखुम्बुमा तरकारी उत्पादनमा वृद्धी

साेलुखुम्बुमा तरकारी उत्पादनमा वृद्धी
tarkari भदाै - २१ । साेलुखुम्बुकाे छेस्काम गाविसमा कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ । छेस्काम गाविसका करिब ७०० घरधुरीमा एकवर्ष अघिदेखि इकोसान (पिसाब सङ्कलन गर्न मिल्ने) चर्पी प्रयोगमा ल्याइएपछि सङ्कलित पिसाब तरकारीबालीमा प्रयोग गर्न थालिएको हो । शौचालयबाट सिधैँ ड्रममा सङ्कलन भएको पिसाब काउली, बन्दा, मुला, गाजर, गाँठगोभी लगायतका तरकारीबालीमा प्रयोग गर्न थालिएको स्थानीय कृषक छेस्काम– ३ का चन्द्रबहादुर राईले जानकारी दिएका छन् । खुल्ला दिशामुक्त अभियान अन्तर्गत ‘जि’ फाउन्डेसनको सहयोगमा सो गाविसका सबै घरधुरीमा इकोसान चर्पी बनाइएको हो । त्यस्तो चर्पीबाट सङ्कलन भएको पिसाबलाई गाविसका करिब ५०० घरधुरीका बासिन्दाले मलको रुपमा प्रयोग गर्ने गरेको ‘जी’ फाउन्डेसनका कर्मचारी प्रशान्त विकले जानकारी दिए ।  सुरुका दिनमा पिसाव सङ्कलन गरी प्रयोग गर्न स्थानीयवासीले घिन मान्ने तथा पिसाब प्रयोग गरेको तरकारी खान हुँदैन भन्ने सोचाइ रहेको भए पनि अहिले धेरैजसोले प्रयोग गर्न थालेको विकले बताएका छन् ।  पिसाबको प्रयोगबाट मलको आवश्यकता पूर्ति हुनाका साथै उत्पादनमा समेत वृद्धि भएको कृषक शङ्कर राईकाे भनाइ छ ।

manab pisab solukhumbu tarkari

विशेष