विदेश

राहुल गान्धीको खाट पंचायतमा खटियाको लुछाचुडी

राहुल गान्धीको खाट पंचायतमा खटियाको लुछाचुडी

भदौ – २१ । कांग्रेस उपाध्यक्ष राहुल गांधीले मंगलबार उत्तर प्रदेशको देवरिया जिल्लाको रुद्रपुरमा खाट पंचायत गरेका छन् ।  

यस पंचायतमा उपस्थत व्यक्तिहरुलाई बस्नको लागि दिएको खाट उनीहरुले साथैमै लिएर गएको बिबिसिले बताएको छ । केही मानिसहरुले खाटको लागि लुछाचुडी गरेको बताइएको छ । यस खाट पंचायतमा राहुल गांधीले किसानहरुका समस्या सुने । साथै उनले ती समस्याको सम्बोधन पनि गरे । खाट बैठक पूर्व किसानहरुका -यालीमा गान्धी सहभागी भएका थिए । -यालीलाई सम्बोधन गर्दै उनले किसानको समस्या सुनेर त्यसको समाधानको लागि नरेन्द्र मोदीसम्म पु-याउन बताए ।  

अहिले किसानहरुको खराव अवस्था भएकाे र किसानहरु खेतीपातीका साथसाथै मजदुरी गर्न बाध्य भएको उनले बताए । उनको सरकारले किसानका लागि न्युनतम समर्थन मूल्य (एमएसपी) बढाउँदै गएको जानकारी दिए । केन्द्र सरकारमा रहेका मोदीले उद्योगपतिको हजारौँ, करोडौँ कर्जा माफ गरे तर किसानलाई ध्यान नदिएको उनले आरोप लगाए । उनले भने देशका किसान र मजदुरहरुको दुःख नै कांग्रेसको दुःख हो ।

Khat Panchayat Rahul Gandi

विशेष