News

पूर्वमा सुपारी किसान सङ्गठित

पूर्वमा सुपारी किसान सङ्गठित
supari भदाै - २१। पूर्वका चार जिल्लाका सुपारी उत्पादक किसान सङ्गठित भएका छन् । झापा, मोरङ, सुनसरी र इलामका सुपारी उत्पादक कृषक सङ्गठित भएका हुन् ।  झापाको चारआलीमा मंगलबार भएको भेलाले नीलकण्ठ तिवारीको अध्यक्षमा ‘सुपारी उत्पादक सङ्घ’ समेत गठन गरेको छ । भेलाले मङ्सिरमा समितिको अधिवेशन गर्न सदस्यता वितरण गर्ने निर्णय गरेको अध्यक्ष तिवारीले बताएका छन् । नगदेबाली, सुपारीको उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि समितिले काम गर्ने बताइएको छ ।  पूर्वका यी चार जिल्लामा एक लाख १० हजार सुपारी उत्पादक रहेको अध्यक्ष तिवारीको भनाइ छ । भेलाले सुपारी कृषकलाई एकत्रित गरी अघि बढ्ने निष्कर्ष समेत निकालेको छ ।

purba sangathan supari

विशेष